गोरखा । त्रिशुली नदीमा नुहाउन गएका २ जना पुरुष बेपत्ता भएका छन् । शनिबार त्रिशुली हाइड्रो पावरमा काम गर्ने उनीहरु कुरिनटारमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।बेपत्ता हुनेमा बर्दिया घर त्रिशुली हाइड्रो पावरमा काम गर्ने वर्ष २२ का शंकर थारू र वर्ष २० का सौरभ थारू रहेको मुग्लिनबाट पत्रकार बिनोद श्रेष्ठले जानकारी दिनुभयो । दुवै जना दिउसो ३ बजेको समयमा नुहाउन भनेर त्रिशुली नदीमा गएको र नुहाउने क्रममा नदीले बगाएको मुग्लिन प्रहरीका प्रहरी निरक्षक प्रतिक सिले जानकारी बताउनुभयो । बेपत्ताहरुको शसस्त्र विपद व्यस्थापन कुरिनटार र इलाका प्रहरी कार्यालय मुग्लिनको संयुक्त टोलीले खोजी कार्य गरिरहेको पत्रकार श्रेष्ठले जानकारी दिनुभयो ।
त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता


प्रतिक्रिया दिनुहोस्