रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौंको तारकेश्वर नगरपालिकाले सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
तारकेश्वर नगरपालिकाले नियमीत रुपमा गदै आएको सार्वजनीक सुनुवाई कार्यक्रम अन्तर्गत चालु आ.व २०८२÷८३ को मंसिर मसान्त सम्म पालिकाले गरेको काम कारबाही र गतिविधिहरुको बारेमा नागरिक स्तरबाटै त्यो सेवाको मुल्यांकन गराउने उदेश्यले सार्वजनीक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।
सुशासनको प्रमुख औजारको रुपमा रहेको सार्वजनीक सुनुवाई कार्यक्रम सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सो को नियमावली २०६५ को दफा ३० को १ ले सार्वजनीक सेवा प्रवाह गर्ने सबै सरकारी निकायहरुले प्रवाह गरेको सेवालाई नागरिकहरुबाट मुल्यांकन गराउने, छलफल गर्ने र हाकाहाकी सवाल जवाफ गराउनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।
तारकेश्वर नगरपालिकाको प्राङगण धर्मस्थलीमामा पुस २० गते आयोजना गरिएको सार्वजनीक सुनुवाई कार्यक्रममा नगरपालिका र मातहतका कार्यालयबाट भएको सेवा प्रवाहका बारेमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, विभिन्न शाखाका प्रमुखहरु, कर्मचारीहरु र नगरवासीहरु बिच नगरपालिकाले प्रदान गरेको सेवा प्रवाहका बारेमा सबाल जवाफ गरिएको थियो ।
तारकेश्वर नगरपालिकामा निर्वाचीत भएर आएसंग नगरप्रमुख कृष्ण हरि महर्जन नेतृत्वले गरेको यो चौथो सार्वनजीक सुनुवाई कार्यक्रम हो । कानुनले सार्वजनीक सुनुवाई कार्यक्रम गर्नुपर्ने अनिवार्य व्यवस्था गरेपनि धेरै स्थानिय निकायहरुले अझै पनि यसरी जनतासंग प्रत्यक्ष सवाल जवाफ गर्ने आँट गरिरहेका छैनन् ।

सार्वजनीक सुनुवाई कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरपालिकाले प्रवाह गरेको सेवाका बारेमा नगरवासीबाट प्राप्त रचनात्मक सुझाब, सल्लाहलाई सम्मान गदै नागरपालिकाले भाबी योजना तय गर्न मद्धत मिलेको बताउनुभयो । सार्वाजनीक सुनुवाईको बारेमा धेरै माध्यमबाट सुचना प्रवाह भएपनि नगरवासी र राजनैतिक दलका नगर स्तरीय नेताहरुकै उपस्थीति कमी हुनुमा खल्लो लागेको बताँउदै नगरप्रमुख महर्जनले उहाँहरु कार्यक्रममा उपस्थीत नभएपनि नगरपालिकाको सेवा प्रवाहका बारेमा भावी दिनमा कार्यालयमानै उपस्थीत भएर सुझाब सल्लाह दिएमा नगरपालिकाले सो कुराको आत्मसात गर्ने बताउनुभयो ।
नगरप्रमुख महर्जनले यसै पटक देखि नगरबासीहरुको सुझाब सल्लाहका लागि नगरपालिकाले सुझाब पत्र समेत तयार गरेकाले त्यस्ता कुनै गुनासो भएमा नगरपालिकाले तयार पारेको सुझाब पत्र मार्फत पनि उपलव्ध गराउन आग्रह गर्नुभयो ।
तारकेश्वर नगरपालिका जनप्रतिनिधिहरुको मात्र नभएर समग्र नगरवासीको समेत रहेको बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाको सम्पत्तीको सवै नगरवासीहरुले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जेनजी आन्दोलनको नाममा नगरपालिका तोडफोड र कार्यालय परिसरमा राखिएको ति अबोध गाडीहरु जलाएर खुसी मनाईयो, नगरपालिकाको सम्पत्ती तोडफोड र जनाएर के पाए नगरवासीले ? जस्का कारण आज नगरवासीको सेवा प्रवाहमा ढिलाई भईरहेको छ”
आफुलाई बेला बेलामा मिडिया ट्रायल गदै सिध्याउने प्रयास भईरहेको बताँउदै नगरप्रमुख महर्जनले नगरपालिकाको हितमा काम गर्दामा आफुलाई प्रहार भएमा सिध्धीन तयार रहेको बताउनुभयो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आफुहरु निर्वाचीत भएर आएसंगै बदनीयतपुर्वक कुनैपनि कामहरु नभएको स्पष्ट पादै नगरबासीको हितमा आफुहरु सदैब लाग्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले नगरपालिकाको सेवा प्रवाह चुस्त दुरुस्त राख्न नगरपालिका लागि परेको बताँउदै सेवा प्रवाहमा समस्या भएमा समयमानै जानकारी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको योजना शाखा प्रमुख शोभा श्रेष्ठले चालु आ.व २०८२÷८३ को साउन देखि मंसिर मसान्त सम्म तारकेश्वर नगरपालिका र अन्तर्गत रहेर भएका कामकारबाहीहरुको शाखागत रुपमा प्रथम चौमासीक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन प्रस्तुत गदै योजना शाखा प्रमुख श्रेष्ठले नगरपालिकाले आ.व २०८२÷८३ को अनुमानीय आय आम्दानी संघिय, प्रदेश, राजश्व बाँडफाँड आन्तरीक श्रोत र जनसहभागीता गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रहेपनि बास्तवीक आय ९० करोड २८ लाख ४५ हजार रहेको बताउनुभयो । जस अनुसार नगरपालिकाले अनुमान गरेको भन्दा प्राप्त गरेको जम्मा आम्दानी ३२.१५ मात्र हो । यसरी हेर्दामा खर्चको अनुपातमा आम्दानी कम भएकाले नगरपालिकाले समयमानै भुक्तानी गर्न नसकेको स्पष्ट देखिन्छ ।
त्यस्तै चालु आ.व मा बजेट खर्च रु ४९ करोड ७ लाख ४९ हजार रहेको छ । यसलाई हेर्दामा बजेट खर्च नगरपालिकाको १७.४८ प्रतिशत रहेको छ ।
चालु आव को साउन देखि मंसिर मसान्त सम्म नगरपालिकाले अन्तरीक आय तर्फ सम्पत्ती, भुमि÷मालपोत लगायतका बिभिन्न शिर्षकबाट कुल ११ करोड २ लाख ८ हजार ५ सय २० रुपयाँ राजश्व आम्दानी गरेको योजना शाखा श्रेष्ठले सार्वजनीक सुनुवाई कार्यक्रममा बिबरण सार्वजनीक गर्नुभयो ।
त्यस्तै नगरपालिकाको कुल बेरुजु ६१ करोड ८० लाख २३ हजारमा कुल र्फछ्योट १६ करोड ९३ लाख ४८ हजार र बाँकी बेरुजु रु ४४ लाख ८६ हजार ७६ रहेको छ ।
सार्वजनीक सुनुवाईको पहिलो सत्रलाई तारकेश्वर नगरपालिकाका सुचना अधिकारी एवं राजश्व शाखा प्रमुख सागर अर्यालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नागरीकहरुबाट आएको बिभिन्न जिज्ञासाहरुको शाखा प्रमुखहरुले जबाफ दिनुभएको थियो । कार्यक्रमको तारकेश्वर नगरपालिकाले तिनपिप्ले, धर्मस्थली, मनमैजु मन्दीर र लोकतान्त्रीक चोकमा राखेको स्मार्टबोर्ड र नगरपालिकाको फेसबुक पेज तथा सञ्चार माध्यमहरुका फेसबुक पेजहरुबाट समेत प्रत्यक्ष प्रशारण गरिएको थियो ।









dfsf


प्रतिक्रिया दिनुहोस्