मौसम : काठमाडौँ उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो

Sagarmatha Post
Sagarmatha Post २१ पुष २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौं । काठमाडौं उपत्यकामा चिसो अत्यधिक बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकामा यस वर्षकै सबैभन्दा चिसो मौसम महसुस गरिएको छ। विभागले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौंको कीर्तिपुर क्षेत्रमा न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो। ललितपुरको हात्तीबन र भक्तपुरको नगरकोट क्षेत्रमा तापक्रम २.८ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने तापक्रम अझै घटेको छ। आइतबार साँझ लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस पुगेको थियो। जुम्ला विमानस्थलमा माइनस ५.९ र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। मौसमविद्हरूले चिसो अझै केही दिन कायमै रहने सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्