सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये पाँच जनाको सनाखत

Sagarmatha Post
Sagarmatha Post २१ पुष २०८२, सोमबार
1 Min Read
Aa

बागमती । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्