शंखरापुरमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु,३० जनाभन्दा बढी घाइते

Sagarmatha Post
Sagarmatha Post २४ पुष २०८२, बिहीबार
1 Min Read
Aa

 काठमाडौं,  काठमाडौंको शंखरापुर नगरपालिका-३ मा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइतेहरुमध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको छ । जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।बसमा करिब ४० जना रहेकोमा ३० जनाभन्दा बढी घाइते भएका थिए । घटनास्थलबाट सबै जनालाई उद्धार गरी साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र पिपुल्स लाइफ केयर लगायतका अस्पतालमा पुर्‍याइएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्