रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याव्सन जिल्ला कार्यसमिति काठमाण्डौंले प्याब्सनको ३५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
काठमाडौँको केन्द्रमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिएको भव्य कार्यक्रमको काठमाण्डौं विश्व विद्यालयका उप–कुलपति प्रा.डा अच्युत वाग्लेले उदघाटन गर्नुभयो । स्थापना दिवसको अवसरमा प्याब्सनको निमन्त्रणालाई स्वीकार गदै बिभिन्न राजनैतिक दलका शिक्षा विभाग हेर्ने नेताहरु, आमन्त्रीत विशिष्ट व्यक्तित्वहरु, प्याब्सनका संस्थापकहरु, प्याब्सनका केन्द्र, प्रदेश, जिल्ला र नगरका पदाधीकारीहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, अविभावक र विद्यार्थी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याब्सन अन्तर्गतका नगर प्याब्सनहरुको विविध साँस्कृतिक प्रस्तुती तथा देशका विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका उप–कुलपति प्रा.डा अच्युत वाग्लेले निजी क्षेत्रको लगानीको कारण नेपालको शिक्षा क्षेत्रको गुणस्तर सम्भब भएको बताँउदै उदार, प्रतिष्पर्धी र निजी क्षेत्रले नेतृत्व गरेको अर्थतन्त्रलाई संस्थागत गर्न सकिएन भने यो देशको भबिष्य अन्धकारमा धकेलीने दावी गर्नुभयो ।

संसारको कुनैपनि अविकसीत देशमा निजी क्षेत्रको लगानी विना समृद्ध नभएको बताँउदै वाग्लेले नेपालका नयाँ र पुराना दलले पनि सो कुराबाट पाठ सिकेर निजी क्षेत्रको लगानीलाई प्रोत्साहीत गर्ने र सम्मान गर्ने खालका नीति ल्याउन सुझाब दिनुभयो ।
मोबाईलको कारण बालबालीकाहरु दोहोरो सोच्न समेत नसक्ने अवस्थामा पुग्न लागेको बताँउदै प्रा.डा. वाग्लेले प्रविधिको सहि ढंगले प्रयोग नभएमा हाम्रो भविष्य निकै चुनौति पुर्ण भएर जाने बताउनुभयो ।
नेपाल भित्रै सम्भाबना खोज्न विद्यार्थीलाई सुझाब दिंदै प्रा.डा वाग्लेले बिदेश पलायन रोक्नु चुनौतिपुर्ण रहेको बताउनुभयो । वाग्लेले सयौं विद्यार्थी माझ उहाँले भन्नुभयो “तपाँईहरु भोलीका कर्णधारहरु हो । तपाँईहरु यो देशबाट भाग्ने एउटै मान्छे हुनुभएन् । मौका परेमा भागी हाल्ने अनि यो देश बनेन भनेर गाली गर्ने हुनुभएन्”

कार्यक्रममा नेपाली काँग्रेसका शिक्षा विभाग प्रमुख नैन सिंह महरले शिक्षामा नवप्रबर्दन र एआईको प्रवेशका कारण पुरानो सिकाई पद्धतीलाई परिवर्तन गर्न जूरुरी रहेको बताँउदै स्वदेशमा टिक्ने र विदेशमा बिक्ने शिक्षाको उत्पादनमा प्याब्सनले योग्दान दिनेमा विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेसले महाधिवेशन अगाडीनै शिक्षा नीति पारीत गर्ने तयारीमा रहेको बताँउदै संस्थागत विद्यालयको रफ्तारलाई पनि नरोकेर विद्यार्थीहरुले सहुलियत र गुणस्तरीय शिक्षा पाउनु पर्दछ भन्ने पक्षमा सचेत रहेको बताउनुभयो ।
विश्व विद्यालय शिक्षा दिने मात्र नभएर बिचार निर्माण गर्ने राजनैतिक, सामाजीक केन्द्र बिन्दु रहेको नयाँ मोडल आएको बताँउदै महरले प्याब्सनले अब त्यस्तै खालका विद्यार्थीहरु तयार गर्नका निम्ती विद्यालय शिक्षा देखिनै सिकाईलाई प्रभावकारी बनाउन प्याब्सनलाई सुझाब दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उप–महासचिब योगेश भट्टराईले निजी लगानीलाई प्रोत्साहीत गर्नेमा एमालेको नीति स्पष्ट रहेको बताउनुभयो ।
शिक्षा क्षेत्रमा भएको लगानीका कारण अवसर,रोजगारी र राज्यलाई राजश्व समेत प्राप्त भएको बताँउदै भट्टराईले नीजि क्षेत्रले सरकारको समेत दायित्व बोकिदिएकोमा प्याब्सनलाई धन्यवात दिनुभयो ।

पुर्व शिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले जन्मने बित्तिकै पारिवारीक आर्थिक हैसितको आधारमा बालबालिकाले राम्रो वा नराम्रो शिक्षा पाउने अवस्था खडा हुनु दुखद रहेको बताँउदै संविधानले परिकल्पना गरेको समान शिक्षाको अधिकारलाई पहिल्याउने बाटो खोज्नु जरुरी रहेको बताउनुभयो ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले शिक्षामा लगानीका कारण मुलुकमा धेरै खालका अवसरहरु प्राप्त भएको बताँउदै नेपालको विकास र समृद्धिमा प्याब्सनको योग्दान रहेको दावी गर्नुभयो ।
कार्यक्रममा एन प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षा क्षेत्रको अग्रणी संस्था प्याव्सनलाई स्थापना दिवसको अवसरमा सुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले नेपालको शैक्षिक क्षेत्रमा ७ खर्ब भन्दा बढी लगानी रहेको बताँउदै शैक्षिक क्षेत्रलाई राज्यले उचित प्रोत्साहन नगरेको गुनासो गर्नुभयो ।
नेपालको कुल ग्रास्त उत्पादनको ७ प्रतिशत राजश्व योग्दान शिक्षा क्षेत्रले गरेको बताँउदै ३ लाख भन्दा बढी शिक्षक तथा कर्मचारीहरुलाई रोजगारी दिएको समेत बताउनुभयो ।
गुणस्तरीय शिक्षाको मुल सम्बाहक प्याब्सन रहेको र प्याब्सनबाट शिक्षामा ठुलो क्रान्ति भएको दावी गदै अध्यक्ष भट्टले प्याब्सन दिवसको अवसरमा देश र समाजलाई जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्याब्सन दिवस २०८२ का संयोजक, काठमाण्डौं जिल्ला प्याब्सनका उपाध्यक्ष एवं तालिम बिभाग संयोजक सूर्य बहादुर केसीले पुर्खाहरुको इतिहाँस, पुर्खाहरुको योग्दान र बिरासतलाई सम्झंदै त्यही धरातल र त्यही एतिहाँसीक क्षणमा उभिएर पहिलो पटक अत्यन्त भव्यताका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले सबैलाई समेटेर, सबैको सहभागीतामुलक र सबै पक्षहरुको सहभागीता होस भनेर विशिष्ट व्यक्तित्व र राजनैतिक दलका शिक्षा हेर्ने नेता समेतको उपस्थीतिमा कार्यक्रम आयोजना गरिएको बताँउदै प्याब्सन दिवसको अवसरमा सबैलाई सुभकामना समेत व्यक्त गर्नुभयो ।
प्याब्सन काठमाडौं जिल्ला अन्तर्गतका पालिकाहरूको विद्यालयहरूले तयार पारेको विभिन्न साँस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो भने प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलहरू तथा सञ्चालकहरूको उपस्थितिमा नेपालका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरू खेलकुद क्षेत्र, कला तथा संस्कृतिको क्षेत्र, निजी शिक्षाको क्षेत्र, समाजसेवाको क्षेत्र आदिलाई उहाँहरूको योगदानको कदर गर्र्दै थप हौसला प्रदान गर्न नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रम काठमाण्डौं जिल्ला प्याव्सनका सचिब कृष्ण भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
प्याब्सनले क कस्लाई सम्मान गर्यो ?


निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याव्सन जिल्ला कार्यसमिति काठमाण्डौंले प्याब्सनको ३५ औं स्थापना दिवसको अवसरमा बिभिन्न ७ जना व्यक्तित्वहरुलाई जनही नगद सहित सम्मान गरेको छ । जस अनुसार महिला भलिबल खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा चिनिएको न्यु डायमण्ड स्कुल र सो विद्यालयका सञ्चालक कुमार राई, कक्षा १२ सम्म निजि स्कुलमा अध्ययन गरेर एमविविएसमा सर्बोत्कृष्ट अंक ल्याउने अस्थीत्व ओझा, इञ्जीनियरीङ बिषयमा सर्बोत्कृष्ट अंक ल्याउने आयुस पराजुली, आर्थिक अवस्था कम्जोर भएर पनि छात्रबृत्तिमा एमबिबिएसमा उत्रिण हुन सफल सत्यनारायण सोफी र पवन देव माझि सबैलाई जनही रु ५० हजारका दरले सम्मान गरियो । त्यस्तै हेर्ने कथाबाट परिचित भएका दाङका चन्द्रबिर ओलीलाई नगद रु ५० हजार सहित सम्मान गरिएको छ । ओलीको आर्थिक अवस्था निकै कम्जोर रहेकाले दाङबाट आउने जाने भाडा समेत प्याब्सन काठमाण्डौंले उपलव्ध गराएको हो । त्यस्तै यस बर्षको प्याव्सनीष्टको रुपमा काठमाण्डौं जिल्लाका संस्थापक अध्यक्ष बसन्त श्रेष्ठलाई समेत नगद रु ५० हजार सहित सम्मान गरिएको छ ।




hfghfg


प्रतिक्रिया दिनुहोस्