पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सभापति पूर्णबहादुर खड्काकोअपिल

Sagarmatha Post
Sagarmatha Post २८ पुष २०८२, सोमबार
1 Min Read
Aa

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन्।खड्काले विज्ञप्ति जारी गर्दै पार्टीभित्र देखिएको असहज अवस्थालाई अन्त्य गर्दै एकताका साथ अघि बढ्न सबै तहका नेता–कार्यकर्तालाई अनुरोध गरेका हुन्।विज्ञप्तिमा उनले नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरू, साथै भ्रातृ र शुभेच्छुक संस्थासहित सबैलाई देशको वर्तमान विषम परिस्थितिप्रति गम्भीर हुन आग्रह गरेका छन्। “पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ,” विज्ञप्तिमा उल्लेख गर्दै खड्काले यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गरेका छन्। साथै, पार्टीलाई सम्पूर्ण एकताका साथ अघि बढाउन उनले जोड दिएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्