१ माघ, काठमाडौं । तारकेश्वर वडा नं। ११ मा अवस्थित गुरुकुल पव्लिक हाई स्कुलले विद्यालय स्थापनाको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने भएको छ । माघ ५ गते सोमबार विद्यालय प्राङगणमा गर्न लागेको विद्यालयका प्रिन्सिपल खिमलाल पौडेलले बताएका छन् ।
तारकेश्वर नगर उपप्रमुख सृजना बुर्लाकोटीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा इसीडिदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले गायन, म्युजिक, नृत्य र ड्रामा प्रस्तुत गर्ने विद्यालयका सञ्चालक अर्यालले बताए ।
सो कार्यक्रममा अभिभावक, विद्यार्थीहरु र स्थानीयहरुको समेत बाक्लो सहभागिताका लागि प्रचारप्रसार गरिएको सञ्चालक अर्यालको भनाई रहेको छ ।
कार्यक्रम बिहान १० बजेदेखि दिनभर हुने सञ्चालक हरि दवाडीले जानकारी दिएका छन् । दवाडीले कार्यक्रममा सहभागी हुन्का लागि सबैलाई यसै समाचार मार्फत् अनुरोध गरेका छन् ।
गुरुकुल पव्लिक स्कुल तारकेश्वरको पुरानो एक विद्यालय हो । यस विद्यालयमा अहिले नयाँ व्यवस्थापन टिम आईसकेपछि शैक्षिक गुरस्तरमा सुधार ल्याउनुका साथै विद्यालयको आधुनिक संरचना निर्माण गरेको छ । यस विद्यालयमा छात्रबासको समेत व्यवस्था रहेको छ । विद्यालयले टाढाबाट आउनेहरुका लागि यातायातको व्यवस्था गरेको छ ।
यस विद्यालयमा अहिले ४५० भन्दा बढि विद्यार्थी अध्ययनरत छन् । साथै नयाँ भवन निर्माण सम्पन्न भइसकेका कारण ७५० जनासम्म विद्यार्थी राखेर अध्यापन गराउन सकिने विद्यालयका प्रिन्सिपल खिमलाल पौडेलले बताएका छन् ।
यस विद्यालयमा सरस्वती पुजाको अवसरमा इसिडिदेखि यूकेजीसम्म निःशुल्क भर्ना खुलेको विद्यालयले जानकारी दिएको छ । शान्त वातावरण र सफा र उज्याला कक्षाकोठासहित अनुभवि शिक्षकहरुबाट गुरुकुलले अध्यापन गराउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्