काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएको हुँ,’ पाण्डेले बताएका छन्, ‘माघ ३ गतेसम्म भने म बहाल नै रहन्छु।’पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीसहित सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको बताइएको छ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट दिए राजीनामा


प्रतिक्रिया दिनुहोस्