राष्ट्रिय सभाका तीन सदस्यद्वारा पदत्याग

Sagarmatha Post
Sagarmatha Post ४ माघ २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ,  राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिनु भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नु भएको संसद्का प्रवक्ता एकराम गिरिले बताउनु भयो ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गर्नु भएको हो । उहाँहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्