काँग्रेसले रमेश लेखकलाई टिकट दिएन, लेखकको क्षेत्रबाट कस्ले टिकट पाए ?

Sagarmatha Post
Sagarmatha Post ६ माघ २०८२, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । नेपाली काँग्रेसले पुर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्धवार नबनाउने भएको छ । लेखकको क्षेत्र कञ्चनपुर ३ बाट पुर्व जिल्ला सभापति हरि बोहरालाई टिकट दिएको छ ।प्रतिनिधिसभा निर्वाचन–२०७९ मा नेता लेखक ३० हजार ५७५ मतसहित विजयी भएका थिए । नेकपा एमालेकी उम्मेदवार निरुदेवी पाल १८ हजार ४८५ मतसहित दोस्रो भएकी थिइन् ।

कञ्चनपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कृष्ण लुहार २ हजार ३१ मत पाएर तेस्रो भएका थिए । गत निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर अन्य दुई जना स्वतन्त्रतर्फ उम्मेदवार थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्