काठमाण्डौं । नेपाली काँग्रेसका पुर्व कार्यवाहक सभापति पुर्ण बहादुर खड्काले चुनाव नलडने भएका छन् । काँग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले बैधानीकता दिएपछि सर्बोच्च अदालतमा रिट दाएर गरेका खड्कालाई नैतिक शंकट परेकाले चुनाव नउठने घोषणा गरेका हुन् । खड्काले केहिबेर अघि सामाजिक सञ्जाल मार्फत भनेका छन् निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेरो दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकट बाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथिहरु र आम मतदाताको माया ,भरोसा र बिश्वास म प्रती हुदाहुँदै पनि यसपटक प्रतिनिधि सभाको निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेको छु
यस्तो छ पुर्णवहादुरको विज्ञप्ती
२०८२ माघ २ गते नेपाली कांग्रेस पार्टीको सम्बन्धमा निर्वाचन आयोगले गरेको संविधान, राजनीतिक दल सम्बन्धी ऐन र नेपाली कांग्रेसको विधानको विपरीत गरेकाे निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा न्यायका लागि २०८२ माघ ४ गते म स्वयं समेतले मुद्दा दर्ता गरेको र अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने मेराे दाबी समेत भएकोले निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकट बाट उम्मेदवार हुनु मेरो जीवन भरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानकाे प्रतिकूल हुने हुँदा पार्टीका साथिहरु र आम मतदाताकाे माया ,भराेसा र बिश्वास म प्रती हुदाहुँदै पनि यसपटक प्रतिनिधि सभाकाे निर्वाचनमा उमेदवार नउठ्ने निर्णय गरेकाे छु ! याे निर्णयले पार्टीका साथिहरु र आम मतदाता हरुकाे भावनमा हुने प्रतिकुलता र लाग्ने चाेटका प्रती म सबै संग क्षमा माग्न चाहान्छु![]()


प्रतिक्रिया दिनुहोस्