काठमाण्डौं । प्रदेश सभामा निर्वाचीत सदस्यनै प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेद्धवार बनेपछि बाग्मती ७ र लुम्विनी प्रदेशमा ४ जना प्रदेश सभा सदस्य खाली भएको छ । बाग्मी प्रदेशमा काँग्रेसका कुन्दनराज काफ्ले, राप्रपाका सुनिल केसी, नेपाली कम्युनिष्ट पार्टीका युवाराज दुलाल र बसन्त प्रसाद मानन्धर तथा नेकपा एमालेका अमन मास्के र प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन् ।
त्यस्तै लुम्बिनी प्रदेश सभा चार प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् । प्रतिनिधि सभामा उम्मेदवार बन्नको लागि ४ जना सांसदले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
राजीनामा दिनेहरूमा नेपाली कम्युनिस्ट पार्टीबाट प्रदेश सभा सदस्य रहेका धन बहादुर मास्की दाङ क्षेत्र नम्बर ३ ९ख० र कृष्णा केसी बाँके क्षेत्र नम्बर १९क० रहेका छ ।
नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरीले पनि राजीनामा दिएका छन् । मास्की, केसी र चौधरी प्रदेशसभामा मन्त्रीसमेत रहेका थिए ।
लोसपाका कन्यौया बनियाले पनि राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सचिव दुर्लभ पुन मगरले चारै सिट रिक्त भएको जानकारी दिएका हुन् ।
बाग्मतीमा ७ र लुम्बीनिमा ४ प्रदेश सभा सदस्यको पद खाली


प्रतिक्रिया दिनुहोस्