हाजिरी जमानीमा रिहा भए दुर्गा प्रसाईं

Sagarmatha Post
Sagarmatha Post ६ माघ २०८२, मंगलवार
0 Min Read
Aa

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।सोमबार पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको छ।यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले प्रसाईंलाई छाडिएको पुष्टि गरेका छन्। प्रसाईंले निर्वाचन आयोगमाथि कांग्रेसको विशेष महाधिवेशन पक्षलाई वैधता दिने क्रममा ५२ करोड रुपैयाँ खाएको आरोप लगाएका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्