काठमाडौं, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजसंस्था र हिन्दु अधिराज्यको महत्व नेपालीहरुले बुझ्न बाँकी नरहेको बताएका छन् । आज (बिहीबार) भिडिओ सन्देश जारी गर्दै प्रसाईँले राज संस्था र हिन्दु अधिराज्य अन्य देशबाट छिमेकी मुलुक चीन र भारतमाथि आक्रमण हुँदा पनि जोगाउने छहारी बन्न सक्ने बताएका छन् । साथै, नेपालमा रहेका दलहरुको पनि राजसंस्था छहारी बन्न सक्ने उनले बताएका छन् ।
उनले राज संस्था र हिन्दु अधिराज्य नेपालको लागि अपरिहार्य भइसकेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘बेलैमा राष्ट्रवादी शक्तिहरु, दलहरु र राष्ट्रबाट बाहिर रहनुभएका नेपालीहरुले अब के बुझ्न आवश्यक छ भने– राजसंस्था र हिन्दु अधिराज्य यो देशको लागि अपरिहार्य छ देश जोगाउन ।’
साथै, उनले आगामी माघ १२ गते पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरको जानकी मन्दिरमा पुजा आरधनाका लागि जाने कार्यक्रम रहेको र त्यसमा सहभागी हुन पनि अपिल गरेका छन् । उनले माघ १६ गते सिराहाको लाहनामा पनि बृहत आमसभा रहेको र त्यसमा पनि सहभागी हुन राष्ट्रवादी शक्तिहरुलाई आग्रह गरेका छन् ।‘महाराजधिराजको यही माघ १२ गते हुने जनकपुरधाम राज जानकी मन्दिरको पुजा आरधनामा सहभागी हुन आउने कार्यक्रममा सम्पूर्ण राष्ट्रवादीहरुलाई एक ढिक्का भएर आउन म आह्वान गर्छु । साथै, माघ १६ गते सिराहको लाहनमा हुने बृहत आमसभामा सरिक भइदिन हुन पनि अनुरोध गर्दछु,’– उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्