नेपाली कांग्रेस मुख्यसचिव पौडेलले दिए राजीनामा

Sagarmatha Post
Sagarmatha Post ८ माघ २०८२, बिहीबार
1 Min Read
Aa

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्। आफूले राजीनामा दिइसकेको पौडेलले सेतोपाटीलाई जानकारी दिएका हुन्। विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पौडेलले मुख्यसचिव पदबाट राजीनामा दिएका हुन्। पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो।

नवनिर्वाचित कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण गर्ने र केन्द्रीय समिति बैठक बस्ने कार्यक्रम तय गरिएको छ। सोही कार्यक्रमअघि मुख्यसचिव पौडेलले राजीनामा दिएका हुन्। पौडेल हाल राष्ट्रिय सभा सांसदसमेत रहेका छन्। पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्ने सम्बन्धमा औपचारिक सूचना जारी गरेका थिए। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसक्दा पनि पौडेलले मुख्यसचिवको हैसियतमा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको लेटरप्याड प्रयोग गरी सूचना जारी गर्दै आएको विषयलाई लिएर पार्टीभित्र आलोचना र विरोधसमेत भएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्