नेपाल प्रहरीका १७ जना कर्मचारी गैरहाजिर, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

Sagarmatha Post
Sagarmatha Post ११ माघ २०८२, आईतवार
1 Min Read
Aa

नेपाल प्रहरीका १७ जना प्रहरी कर्मचारी विभिन्न मितिदेखि आफूखुशी गैरहाजिर भएका छन्। प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको सूचनामा उनीहरुलाई कात्तिक र मंसिर महिनादेखि गैरहाजिर रहेको उल्लेख गरेको छ।प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका कर्मचारीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

गैरहाजिर रहेका कर्मचारीहरूमा एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवलदार, एक जना सहायक हवलदार, ११ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका छन्।प्रहरी प्रधान कार्यालयका अनुसार, उनीहरुको खोजतलास गर्दा र सूचना टाँस गरिसकेपछि पनि कार्यालयको सम्पर्कमा नआएको र प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।सूचनामा भनिएको छ कि बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरण सहित उपस्थित हुनुपर्नेछ। नत्र सेवाबाट हटाउने कारबाही गरिनेछ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्