नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।आज सिंहदरबारमा बसेको बैठकले प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गर्ने निर्णय गरेको हो। पार्टीका राष्ट्रिय सभा संसदीय दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेपछि राष्ट्रिय सभामा पार्टीको भूमिका थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरिएको नेकपाले जनाएको छ।
नेकपा राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त


प्रतिक्रिया दिनुहोस्