नगद कारोबारको सीमा बढाउन सरकारसँग अध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह

Sagarmatha Post
Sagarmatha Post १२ माघ २०८२, सोमबार
1 Min Read
Aa

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको सीमा बढाउन सरकारसँग आग्रह गरेका छन्।अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले हाल ५ लाख रुपैयाँसम्म मात्रै नगद कारोबार गर्न पाइने व्यवस्थाले व्यवसायीहरूलाई व्यवहारिक समस्या परेको बताए। बैंकिङ पहुँच देशका सबै स्थानमा पुग्न नसकेको अवस्थामा यस्तो सीमाले व्यापार व्यवसायमा असर परेको उनको भनाइ थियो।

अध्यक्ष ढकालले अहिले आर्थिक नीतिहरू पुनरावलोकन गर्ने सही समय र सही नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै भन्सार राजस्वलाई मात्र प्राथमिकता दिनुभन्दा स्वदेशी उत्पादन, उद्योग र उद्यमशीलता प्रवर्द्धनमा केन्द्रित नीतिहरू आवश्यक रहेको सुझाव दिए।कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि ५ लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत अनिवार्य गर्नुपर्ने व्यवस्थाले व्यवसायीहरूलाई समस्या सिर्जना गरेको बताए।

उनले भन्सार क्षेत्रलाई थप प्रविधिमैत्री बनाउँदै एकद्वार प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। साथै, विद्यमान भन्सार ऐनमा रहेका दण्ड–जरिवानासम्बन्धी व्यवस्था अव्यवहारिक भएकाले पुनरावलोकन गर्न आग्रह गरे। अग्रवालले भन्सार दरहरू समायोजन गरी प्रतिस्पर्धी बजार निर्माण गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्