अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ५ दशमलव ०८ अंकले बढेर २ हजार ७३१ दशमलव ५९ बिन्दुमा कायम भएको हो।
आजको कारोबारमा ३३४ कम्पनीका दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँ पुगेको छ।
कारोबार समूहगत रूपमा हेर्दा बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अन्य सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सबैभन्दा बढी ८ दशमलव ०७ प्रतिशतले घटेको छ


प्रतिक्रिया दिनुहोस्