मेडिकल काउन्सिलले लिएको (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण

Sagarmatha Post
Sagarmatha Post १४ माघ २०८२, बुधबार
1 Min Read
Aa
Portrait an unknown male doctor holding a stethoscope behind

नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा करिब ६० प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन्। काउन्सिलले सञ्चालन गरेको एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. सतिसकुमार देवले जानकारी दिए।पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर विधिमार्फत परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका हुन्।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएस गरी कुल ९६७ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको काउन्सिलले जनाएको छ। एमबीबीएस (मेडिकल) तर्फ ७९३ जनाले फारम भरेका थिए। तीमध्ये ७७५ जना परीक्षामा सहभागी हुँदा ३०० जना मात्रै (३८.७ प्रतिशत) उत्तीर्ण भएका छन्। यस्तै, बीडीएस (डेन्टल) तर्फ १७४ जनाले आवेदन दिएका मध्ये १६८ जना परीक्षामा सहभागी भएका थिए। उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) उत्तीर्ण भएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्