रुकुम, रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढेको छ ।यो यस दोस्रो हिमपात हो । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे गाउँपालिकाको उच्च लेकाली क्षेत्र र सिस्ने गाउँपालिकाको १, २ र ४ नं वडामा हिमपात भइरहेको छ । हिमपातले चिसो अत्यधिक बढेपछि सर्वसाधारण घरभित्रै रहेको पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका विकास पुनले बताए।
‘अहिले पनि निरन्तर हिमपात भइरहेको छ’, उनले भने, ‘हिमपातका कारण मानिसलाई दैनिक कामकाज गर्न र वस्तुभाउलाई घाँसपात गर्न समस्या भइरहेको छ । ’हिमपातले हिमालदेखि डाँडाकाँडा सेताम्य भएको पुथा उत्तरगङ्गा गाउँपालिका– ५ का वडाध्यक्ष टीकासाइ घर्तीले बताए।


प्रतिक्रिया दिनुहोस्