बालाजु प्रहरी बृत्तका प्रमुख विष्टको बिदाई र नयाँ प्रहरी प्रमुख बञ्जाडेलाई स्वागत

Sagarmatha Post
Sagarmatha Post १५ माघ २०८२, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । बालाजु प्रहरी बृत्तका प्रमुख ज्ञान बहादुर बिष्टलाई बिदाई गरिएको छ ।
बृत्तमा आज आयोजीत कार्यक्रममा बृत्तमा कार्यरत प्रहरी कर्मचारीहरु, बृत्त मातहतका प्रभाग र प्रहरी पोष्टका इञ्चार्जहरु लगायतले माला, खादा र मायाँको चिनो सहित डिएसपी बिष्टलाई बिदाई गरिएको हो । सो अवसरमा डिएसपी बिष्टले सरुवा, बढुवा संगठनको नियमीत प्रकृया रहेको बताँउदै आफ्नो कार्यकाल सुखद बनाउन सहयोग गर्ने प्रहरीहरुलाई धन्यवात दिनुभयो ।
मिति २०८२ बैशाख १७ गते बृत्त प्रमुखको रुपमा जिम्मेवारी पाउनु भएका बिष्टलाई करिब ९ महिनाको कार्यभार पछि प्रहरी प्रधान कार्यालयले लुम्वीनि प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालयले लुम्वीनि प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत यमलाल बञ्जाडेलाई बालाजु बृत्तको प्रहरी प्रमुखको रुपमा जिम्मेवारी प्रदान गरेको छ । बञ्जाडे आजै प्रहरी बृत्त बालाजुमा हाजिर भएका छन् । डिएसपी बञ्जाडेलाई जिम्मेवारी हस्तान्तरण गरेर बिष्ट आजै बुटवल प्रस्थान गर्नुभएको छ ।
डिएसपी बिष्टको करिब ९ महिनाको बालाजु बसाई निकै उतारचढाव पुर्ण रहे । जेनजी आन्दोनका क्रममा देशैभरका प्रहरी कार्यालयहरु जलीरहंदा बालाजु बृत्त समेत जल्यो । जेनजी आन्दोलनका क्रममा डिएसपी बिष्ट आफै घाइते समेत हुनुभयो । उहाँको बसाईको क्रममा काठमाण्डौं महानगरपालिका वडा नं १६ को बालाजु बसन्तनगर र तारकेश्वर नगरपालिका वडा नं ११ को सिमानामा रहेको खोलाको बिबाद समेत उत्कर्षमा पुग्यो । बिष्टको कुसल नेतृत्व र समन्वयकारी भुमिकाले उक्त बिबादलाई केहि हद सम्म साम्य गर्ने काम समेत गरेको स्थानीयहरुले स्मरण गर्दछन् ।
यसै बिच, डिएसपी बिष्टलाई आज बालाजु प्रहरी बृत्त पुननिर्माण तथा पुनस्थापना समितिले समेत बिदाई गरेको छ । बृत्तमा समितिका अध्यक्ष शिव भक्त रञ्जीत, सचिब सुर्य बहादुर खाती क्षेत्री लगायतले डिएसपी बिष्टलाई खादा, माला र सम्मानपत्र सहित बिदाई गर्नुभयो ।

May be an image of one or more people and text

May be an image of one or more people and text

sdd

May be an image of one or more people and text

May be an image of one or more people, people smiling and text

fsdf

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्