आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा अस्थायी मतदाता विवरण संकलन सुरु गरिएको छ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन पाउने जिल्लास्थित सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीलगायतको अस्थायी मतदाता विवरण संकलन भइरहेको छ। उनीहरूले आफ्नो स्थायी ठेगानाभन्दा फरक स्थानमा रहेर मतदान गर्न सक्ने व्यवस्था मिलाउन विवरण संकलन थालिएको हो।
यता, मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता पालना तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँग छलफलसमेत गरिसकेको जनाएको छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी कुनै पनि उजुरी प्राप्त भएको छैन।पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्। यस जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्।


प्रतिक्रिया दिनुहोस्