सिरहामा खेतमा ट्र्याक्टरले जोतिरहेका यादवको अज्ञात व्यक्तिको गोली प्रहारबाट घटनास्थलमै मृत्यु

Sagarmatha Post
Sagarmatha Post १६ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो ।स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोलाको किनार नजिक आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो।

यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले खेत जोत्न गएका बेला उनीमाथि गोली प्रहार गरी हत्या गरिएको बताए । तर कसले र किन गोली प्रहार गरेको हो भन्ने विषयमा हालसम्म खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्