राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन

Sagarmatha Post
Sagarmatha Post १७ माघ २०८२, शनिबार
1 Min Read
Aa

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो । कार्यक्रममा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए । त्यस्तै नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुले कार्यकालको शुभकामना दिएका थिए । अध्यक्षमा चयन भएपछि गुरुङले राजनीतिक र बैचारिक रुपमा संगठनलाई बलियो बनाउदै लैजाने बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्