राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा तोडफोड : चोरीभएको आशंका

Sagarmatha Post
Sagarmatha Post १७ माघ २०८२, शनिबार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको घरमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले बालेन शाहको काठमाडौंस्थित घरको गेटमा तोडफोड गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार घरको गेटमा लगाइएको ग्रील फुटाइएको छ।घरमा कोही नबस्ने भएकाले चोरीको आशंका छ। । यद्यपि, हालसम्म घरभित्रका सामान हराएको भन्ने कुनै उजुरी प्राप्त नभएको डिएसपी बुढाथोकीले जानकारी दिए।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा(५ बाट उम्मेदवार रहेका बालेन अहिले चुनावी प्रचारप्रसारका लागि कर्णाली पुगेका छन्। बालेन पत्नि सविना काफ्ले पनि अहिले चुनावी प्रचारप्रसारका लागि झापामा छन् । घटनाबारे बुझ्ने काम भइरहेको डिएसपी बुढाथोकीले जनाएका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्