इरान सैन्य आक्रमण भोग्नुको सट्टा अमेरिकासँग सम्झौता गर्न चाहन्छ

Sagarmatha Post
Sagarmatha Post १७ माघ २०८२, शनिबार
1 Min Read
Aa

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सैन्य आक्रमण भोग्नुको सट्टा सम्झौता गर्न चाहने दाबी गरेका छन् । शुक्रबार ह्वाइट हाउसका पत्रकारहरूले ट्रम्पलाई खाडीमा अमेरिकी सैन्य बलको तैनाथीबारे सोधेका थिए ।जवाफमा उनले भने, ‘म यो भन्न सक्छु: ऊ (इरान) सम्झौता गर्न चाहन्छ ।’ इरानलाई सम्झौताका लागि समयसीमा दिनुभएको छ त भनी सोध्दा ट्रम्पले भने, “पक्कै पनि। तर यो उनीहरू (इरान) लाई मात्र थाहा छ ।’

ट्रम्पले थपे, ‘आशा छ- हामी सम्झौता गर्नेछौँ। सम्झौता गर्नु राम्रो हुनेछ। हामीले सम्झौता गरेनौँ भने के हुन्छ, हेर्ने छौँ।’ उता इरानका विदेशमन्त्री अब्बास अराघ्चीले भने इरानको क्षेप्यास्त्र र प्रतिरक्षा प्रणालीमा ‘कहिल्यै’ कुनै वार्ता नहुने बताएका छन् ।शुक्रबार उनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्री हकान फिदानसँग भेट गरेका थिए । टर्कीका विदेशमन्त्रीसँगको पत्रकार सम्मेलनमा उनले इरानलाई सम्झौतामा पुग्न कुनै समस्या नभएको तर धम्कीका आधारमा हुन नसक्ने बताए । उनले इरान निष्पक्ष र न्यायपूर्ण वार्ताका लागि तयार रहेको पनि बताए । यसअघि भने अमेरिका र इरानले एकअर्काविरुद्ध हमलाको चेतावनी दिइरहेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्