पत्रकार दिनेश सिटौलाको मस्तिष्कघातका कारण असामयिक निधन

Sagarmatha Post
Sagarmatha Post १८ माघ २०८२, आईतवार
1 Min Read
Aa

पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रूप) बाट पीडित सिटौलालाई ग्राण्डी अस्पतालमा उपचारका क्रममा चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको हो।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जनाएको छ।४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। उनी चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका थिए। पत्रकारिताका साथै चलचित्र क्षेत्रमा सक्रिय सिटौलाले सयौं नेपाली चलचित्रको प्रचार–प्रसार (प्रमोशन) कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीसँगै अछाम पुगेका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्