राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओको शिष्टाचार भेटवार्ता

Sagarmatha Post
Sagarmatha Post १९ माघ २०८२, सोमबार
1 Min Read
Aa

जापानको चार दिने औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्ता सोमबार टोकियोमा सम्पन्न भएको हो।भेटका क्रममा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझेदारीका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

यसै दिन राष्ट्रपति पौडेलसँग टोकियोमै जापानका प्रमुख व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूले पनि भेट गरेका थिए। उक्त भेटमा नेपाली पक्षले ‘नेपालमा व्यवसाय र लगानीका अवसरहरू’ सम्बन्धी प्रस्तुति दिएको थियो।प्रस्तुतीकरणपछि जापानी तथा नेपाली व्यापारिक समुदायका प्रतिनिधिहरूबीच अन्तरक्रिया तथा छलफल भएको थियो। जापानी व्यवसायी, उद्यमी र लगानीकर्ताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै प्रत्यक्ष लगानीका लागि आग्रह गरेका थिए।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्