आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति परिचालन गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार माघ १९ गतेदेखि लागू हुने गरी राजीनामा, अन्यत्र सरुवाका लागि रवाना तथा बिदा बन्द गरिएको हो।निर्वाचन अवधिभर सशस्त्र प्रहरी बलमा कार्यरत कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्ने, अन्य कार्यालयमा जानका लागि रवाना नदिने तथा अत्यावश्यकबाहेक बिदा स्वीकृत नगर्न सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको छ।निर्वाचन शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बलले उच्च सतर्कता अपनाउँदै आवश्यक तयारी तीव्र पारेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्