सिंहदरबार आगजनी गर्दै भिडलाई उत्तेजित बनाउने चितवनका महेन्द्र गौतम पक्राउ

Sagarmatha Post
Sagarmatha Post २३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa

गत भदौ २४ गते जेन-जीका नाममा भएको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको दाबी गर्दै भिडलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चितवनको खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।

उनीमाथि मिति भदौ २५ गते भएको प्रदर्शनका क्रममा आफूले सिंहदरबारमा आगजनी गरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएको तथा अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोप छ।प्रहरीका अनुसार उक्त गतिविधि आपराधिक उपद्रव अन्तर्गत पर्ने भएकाले काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको छ। परिसरले जारी गरेको विज्ञप्तिमा सार्वजनिक शान्ति, सुरक्षा र कानुनको शासनविरुद्धका कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गरिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्