राष्ट्रिय सभा बैठक : स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह

Sagarmatha Post
Sagarmatha Post २३ माघ २०८२, शुक्रबार
1 Min Read
Aa
गृह मन्त्री ओमप्रकाश अर्यालले राष्ट्रियसभाको सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तुत गर्नुभएको ‘क’ मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, ‘ख’ प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ र ‘ग’ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गर्नुहुँदै सभामा सहभागी सदस्यहरु । तस्बिरः रत्न श्रेष्ठ/रासस

राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ । शुक्रबार शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले स्वास्थ्य बीमा व्यवस्थापनबारे सरकारसँग स्पष्ट जवाफ मागेकी हुन्।उनले अस्पताल र विभिन्न संस्थाहरूले बीमाबापतको रकम नपाएको समाचार आइरहेको उल्लेख गर्दै यस विषयमा प्रधानमन्त्रीले चासो देखाएको सुनिए पनि वास्तविक व्यवस्थापन के भइरहेको छ भन्नेबारे सदनलाई जानकारी गराउन माग गरिन्। ‘अस्पतालहरूले रकम नपाएको गुनासो आइरहेको छ। प्रधानमन्त्रीले चासो लिनुभएको कुरा पनि सुनिएको छ। तर यसको व्यवस्थापन के भइरहेको छ भन्ने विषयमा सदनलाई जानकारी गराउनुपर्छ,’ दाहालले भनिन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्