‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट शुक्रबार प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार आयोगको पत्र प्राप्त भएपछि आवश्यक अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्