श्रीलङ्कामा २०२२ को प्रदर्शनमा सांसद हत्यामा अभियोग लगाइएका कुल ४२ जनामध्ये १२ जनालाई मृत्युदण्ड दिने फैसला

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८२, बिहीबार
1 Min Read
Aa

श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा १२ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।बुधबार अदालतले विस्तारित सुनुवाइपछि फैसला सुनाउँदै उक्त मुद्दामा अभियोग लगाइएका कुल ४२ जनामध्ये १२ जनालाई मृत्युदण्ड, ४ जनालाई ६ महिनाको जेल सजाय सुनाएको हो। बाँकी २३ जनालाई अदालतले सफाइ दिएको छ।

यो घटना सन् २०२२ मे महिनामा श्रीलङ्कामा चर्किएको राष्ट्रव्यापी राजनीतिक र आर्थिक अशान्तिका क्रममा भएको थियो। रिपोर्टअनुसार, आक्रोशित प्रदर्शनकारीसँगको झडपका क्रममा सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षा अधिकारीले भीडमाथि गोली चलाएका थिए, जसमा दुई जना गम्भीर घाइते भएका थिए।त्यसै दिन गोली चलेको स्थान नजिकैको एक भवनमा सांसद अमराकिर्थी अथुकोराला र उनका सुरक्षाकर्मी मृत अवस्थामा फेला परेका थिए। घटनाले त्यतिबेला श्रीलङ्काको राजनीतिक संकटलाई झन् गहिरो बनाएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्