रबिन थपलिया । काठमाण्डौं । भारत सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५० वटा ट्रक सहित २७० वटा सवारीसाधन नेपाललाई उपहार स्वरुप प्रदान गरेको छ ।
गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका नेपालका लागि भारतीय राजदुत भारत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।
सरकारबाट नेपाललाई निर्वाचनसँग सम्बन्धित सहयोगको यो तेस्रो किस्ताको सहयोग रहेको नेपाल स्थीत भारीतय दुतावासले जनाएको छ ।
देशमा आगामी चुनावको तयारीका लागि नेपालले खोजेको सहयोग अनुसार अन्य सामग्रीहरू समावेश रहेको नेपाली सेनाका लागि ट्रकहरू सेनापति जनरल अशोक राज सिग्देलले राजदूत नवीन श्रीवास्तवबाट प्राप्त गर्नुभएको थियो ।
सो अवसरमा गृहमन्त्री ओम प्रकाश अर्यालले निर्वाचनका लागि सहयोग प्रदान गरेकोमा भारत सरकारलाई धन्यवात दिनुभयो ।
भारत सरकारबाट यस अघि ३१० भन्दा बढी सवारी साधन र अन्य निर्वाचनका सामग्रीहरु क्रमशः २० जनवरी र २९ जनवरी २०२६ मा नेपाललाई हस्तान्तरण गरिसकेको छ ।





dfd


प्रतिक्रिया दिनुहोस्