बित्त आयोगको प्रतिबेदन सार्वजनीक, बालेनको नेतृत्वकालमा महानगरले पायो काठमाण्डौंकै सबैभन्दा कम अंक, नागार्जुन पहिलो बन्यो

Sagarmatha Post
Sagarmatha Post २९ माघ २०८२, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाको प्रमुख पदको राजीनामा दिएर देशकै प्रधानमन्त्री बन्ने दौडमा रहेका बालेन्द्र साहको नेतृत्वकालमा काठमाण्डौं महानगरपालिका काठमाण्डौं जिल्लाकै कम्जोर स्थानीय निकायको रुपमा मुल्यांकनमा परेको छ ।
प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मुल्यांकनमा काठमाण्डौंका ११ स्थानीय निकाय मध्य काठमाण्डौं महानगरपालिकाले सबै भन्दा कम अंक सहित ११ औं स्थान प्राप्त गरेको छ । आयोगले आज सार्वजनीक गरेको प्रतिबेदन अनुसार काठमाण्डौं महानगरपालिकाले जम्मा ४४.९८ अंक मात्र प्राप्त गरेको छ । २०८२ माघ को पहिलो साता मात्र राजीनामा दिएका बालेनकै नेतृत्व कालमा महानगरले यो अंक प्राप्त गरेको हो ।
काठमाण्डौंका ११ स्थानीय निकाय मध्य नागार्जुन नगरपालिका ७०.६३ अंक सहित काठमाण्डौं जिल्लामा पहिलो बनेको छ । स्थानीय सरकार र प्रदेश सरकारको कार्यसम्पादन मुल्यांकन बापत वित्त आयोगले बिभिन्न १७ वटा सुचकहरुलाई आधार मानेर उनिहरुले प्राप्त गरेको अंक तालिका समेत सार्वजनीक गरेको छ । आयोगको प्रतिबेदन अनुसार काठमाण्डौं जिल्लामा यस अघि पहिलो स्थान प्राप्त गरेको तारकेश्वर नगरपालिका ५ स्थान खस्कीएर छैठौं स्थान प्राप्त गरेको छ ।
आयोगको प्रतिबेदन अनुसार काठमाण्डौंको चन्द्रागिरी नगरपालिका ६७.५९ अंक सहित दोश्रो, टोखा नगरपालिका ६५.२९ अंक सहित तेश्रो, किर्तिकपुर नगरपालिका ६२.१५ अंक सहित चौंथो, कागेश्वरी मनहरा नगरपालिका ६१.८२ अंक सहित पाँचौं, तारकेश्वर नगरपालिका ५९.२९ अंक सहित छैठौं, गोकणेश्वर नगरपालिका ५६.७८ अंक सहित सातौं, शंखरापुर नगरपालिका ५५.२० अंक सहित आठौं, दक्षिणकाली नगरपालिका ५३.३२ अंक सहित नवौं, बुढानिलकष्ठ नगरपालिका ५१.३९ अंक सहित दशौं र काठमाण्डौं महानगरपालिका ४४.९८ अंक सहित एघारौं स्थानमा रहेको छ ।

 

बित्त आयोगको प्रतिबेदन यहाँबाट हेर्न सकिन्छ ।  https://giwmscdntwo.gov.np/media/files/final%20marks%20LL%202082_frhmook.pdf 

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्