सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड फागुन ५ गते मंगलबार हुने भएको छ। निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार सो दिन आइपिओ बाँडफाँड गरिनेछ। कम्पनीले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गरेको थियो। यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन्।
आवेदनका आधारमा ५७ हजार २४३ जनाले १०–१० कित्ताका दरले सेयर पाउनेछन्। कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। सूर्यकुण्ड हाइड्रोले ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ


प्रतिक्रिया दिनुहोस्