बंगलादेशी सरकारको शपथग्रहण समारोहमा परराष्ट्रमन्त्री सहभागी हुने

Sagarmatha Post
Sagarmatha Post ४ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

परराष्ट्रमन्त्री बालानन्द शर्मा आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दै छन् । नव निर्वाचित बंगलादेशी सरकारको शपथग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।गत विहीबार सम्पन्न आमनिर्वाचनमा बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले दुई तिहाइ बहुमत हासिल गर्दै सरकार गठन गर्ने तयारी गरेको छ । बीएनपीका अध्यक्ष तारिक रहमान बंगलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।शपथग्रहण समारोहमा बंगलादेशले नेपालसहित सार्क सदस्य राष्ट्रहरूलाई निमन्त्रणा गरेको बताइएको छ । यस अवसरमा मन्त्री शर्माको सहभागिताले नेपाल–बंगलादेशबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा आपसी हितका विषय, क्षेत्रीय सहकार्य र आर्थिक–व्यापारिक सम्बन्ध विस्तारका सम्भावनाबारे अनौपचारिक छलफलसमेत हुने अपेक्षा गरिएको छ । मन्त्री शर्मासँग परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि भ्रमण टोलीमा सहभागी छन् । परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्