रबिन थपलिया । काठमाण्डौं । प्याव्सन अण्डर १५ क्रिकेट लिग प्रतियोगिताको उपाधी आयोजक प्याब्सन काठमाडौंको टिम क्यापिटल्सले हात पारेको छ ।
तल्लो मूलपानी क्रिकेट मैदान, मूलपानीमा आज भएको फाईनल खेलमा प्याब्सन लुम्बिनीको टिम मोङ्सलाई ३३ रनले पराजीत गरी पहिलो रनरपमा सिमित गराँउदै आयोजक प्याब्सन काठमाडौंको टिम क्यापिटल्सले उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्याब्सन काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनायो । फाइनल खेलमा सन्दीप साउदले ६१ बलमा ६५ रन बनाए । तपेन्द्र बिष्टाले १९ रन र शंश्रेय श्रेष्ठले १२ रन जोडन सफल भए । त्यस्तै काठमाडौंका तर्फबाट बलिङस्मा प्रयुष उप्रेतीले ४ ओभर, १ मेडन, १७ रन, ४ विकेट लिन सफल भए भने इन्साब बोहोरा र जिवन बुढाले २÷२ विकेट लिन सफल भए ।
त्यस्तै १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा लक्ष्य भेट्न सकेन । लुम्बिनीका लागि एरोन जंग गिरीले ३९ रन र अमित कुमार यादवले २० रन जोडे । त्यस्तै लुम्बिनीका लागि बलिङस्मा रिजन बुढाथोकीले ४ ओभर, १७ रन, २ विकेट लिन सफल भए भने जावेद खान – ४ ओभर, १९ रन, २ विकेट तथा प्रेम गुप्ता र साहन अली – १÷१ विकेट लिन सफल भए ।
फाइनल म्याचको प्यलेयर अफ दि फाइनल सन्दीप साउद हुन सफल भए र उनले नगद रु २५ सय प्राप्त गरे । त्यस्तै प्रतियोगिताको प्यलेयर अफ दि टुनामेन्टको उपाधि प्याव्सन काठमाण्डौंका सन्दिप साउद नै घोषित हुन सफल भएन । प्रतियोगितामामा कुल १७० रन बनाउन सफल साउदले नगद रु १० हजार प्राप्त गरे ।
प्रतियोगितामा बेस्ट बलरको उपाधी सहित प्याव्सन मधेशको टिममा खिल राज सराफले नगद रु ५ हजार जित्न सफल भए । सराफले प्रतियोगितमा ११ विकेट लिन सफल भएका थिए । त्यस्तै बेष्ट व्याट्स म्यानको उपाधि सहित प्याव्सन बाग्मतीका विशाल ऐरले नगद रु ५ हजार जित्न सफल भए । ऐरले प्रतियोगितामा कुल १९२ रन बनाउन सफल भएका थिए ।

प्रतियोगिता बिजेता काठमाण्डौं प्याव्सनको टिम क्यापीटल्सले उपाधीसंगै नगद रु १ लाख ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै पहिलो रनरपको उपाधीमा चित्तबुझाएको प्याब्सन लुम्बिनीको टिम मोङ्सले नगद रु ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । बिजेता र पहिलो रनरप टिमलाई नेपाल प्रहरीका महानिरिक्षक दान बहादुर कार्कीले आज तल्लो मुलपानी क्रिकेट रंगशालामा आयोजना गरिएको समापन कार्यक्रममा नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रतियोगिता निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याव्सन काठमाण्डौंको आयोजनामा माघ २८ गते देखि फागुन ६ गते सम्म चलेको थियो । प्रतियोगितामा आयोजक प्याब्सन काठमाडौंको टिम क्यापिटल्स, प्याब्सन सुदूरपश्चिमको टिम राइजिङ, प्याब्सन बागमतीको टिम च्यालेन्जर्स, प्याब्सन गण्डकीको टिम इगल्स, प्याब्सन कर्णालीको टिम हाइल्यान्डर्स, प्याब्सन कोशीको टिम स्ट्राइकर्स, प्याब्सन लुम्बिनी को टिम मोङ्स र प्याब्सन मधेशको टिम रोयल्स बिच प्रतिष्पर्धा भएको थियो । लिग कम नकआउट आधारमा चलेको उक्त प्रतियोगितामा टिम ए मा ४ टोली र टिम बि मा ४ टोली बनाएर प्रतिष्पर्धा गराईएको थियो ।

प्रतियोगिताको समापन गदै नेपाल प्रहरीका महानरिक्षक दान बहादुर कार्कीले प्याब्सन काठमाण्डौंले आयोजना गरेको अण्डर १५ क्रिकेट लिग प्रतियोगिताले नेपाली युवाहरुको क्रिकेटमा भविष्य निर्माणको आधार तयार गरेको बताँउदै विद्यालय स्तरबाट सुरु भएको यो अभियानले भविष्यमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नेपालको नाम उच्च राख्न सक्षम खेलाडीहरु उत्पाद गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानिय स्तरबाट खेलाडीहरु छनौट गरी खेलकुदलाई संस्थागत ढंगले अगाडी बढाँउदै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नु अत्यन्त सराहनीय र प्रेरणादयी कार्य रहेको बताँउदै महानिरिक्षक कार्कीले प्रतियोगिताले स्थानीय स्तर सम्म अवसर र समानता सुनिश्चीतता गदै लुकेर रहेका प्रतिभालाई पहिचान गर्न मद्धत पुगेको बताउनुभयो ।
प्याब्सनले सुरुगरेको यस प्रतियोगिताको निरन्तरता र स्थायीत्वका निम्ती सुभकामना व्यक्त गदै प्रतियोगिता बिजयी टिम र उपबिजेता टिमलाई बधाई र सुभकामना समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुगेको बताँउदै सोच्नै नसकिने, कठिन कार्य सम्पन्न गरेकोमा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्ट सहित प्याब्सनको पुरा टिमलाई धन्यवात दिनुभयो ।
पहिलो पटक आयोजना गरिएको यस प्रतियोगितामा केन्द्र प्याव्सनले भावनात्मक, प्राविधिक र सामान्य रुपमा मात्र कार्यक्रममा सहभागी भएको बताँउदै केन्द्रीय अध्यक्ष अधिकारीले अर्को बर्ष हुने प्रतियोगितामा प्याव्सन केन्द्र र काठमाण्डौं प्याव्सन बिच ५०÷५० प्रतिशत खर्च गर्ने गरी सहकार्य गरेर अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले विद्यालय क्रिकेटको संस्थागत विकासमा प्रतियोगिता महत्वपूर्ण सावित भएको बताँउदै चाँडैनै उत्कृष्ट खेलाडी छनोट गरेर ‘ड्रिम टिम’ निर्माणसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा अवसर प्रदान गरिने बताउनुभयो ।
प्रतियोगितले क्रिकेटको ग्रामीण क्षेत्रका खेलाडीहरुलाई अवसर प्रदान गरेको बताँउदै अध्यक्ष भट्टले बिजेत, उपबिजेता टिमलाई बधाई र सुभकामना सहित खेलमा सहभागी सम्पुर्ण खेलाडी टिमहरुलाई धन्यवात दिनुभयो ।

समापन समारोहमा स्वागत मन्तव्य राख्दै प्रतियोगिता संयोजक तथा प्याब्सन काठमाडौंका उपाध्यक्ष धनबहादुर पुनले प्याब्सनले क्रिकेट खेलको क्रेजलाई आत्मसाथ गदै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरिएको बताँउदै प्रतियोगिताबाट उदीयमान खेलाडीको पहिचान गर्न मद्दत पुगेको बताउनुभयो ।
प्रतियोगितामा आईपरेको समस्यालाई प्याव्सन टिमले एकजुट भएर समाधान गदै प्रतियोगिता सफल गर्न सफल भएको बताँउदै पुनले प्रतियोगिताले स्थानीय देखि केन्द्र प्याव्सन समेतलाई एउटै मालामा गाँस्न सफल भएको समेत बताउनुभयो ।

कार्यक्रममा क्रिकेटका पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचनलाई नगद सहित सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा प्याव्सन केन्द्रका सह अध्यक्ष गोपाल आचार्य, क्रिकेटका पुर्व राष्ट्रिय खेलाडी शक्ति गौचन, काठमाण्डौं जिल्ला क्यानका अध्यक्ष दिवाकर घले, प्याव्सन केन्द्रका उपाध्यक्ष थकिन कुमार गुरुङ, संगिता सिलवाल, महासचिब आर बि कटुवाल र चन्द्र खड्का, केन्द्रीय प्याव्सनका सचिवालय सदस्य लोकेन्द्र बा खड्का, प्याव्सन बाग्मती प्रदेशका अध्यक्ष मुरारी प्रसाद सञ्जेल, बरिष्ठ उपाध्यक्ष सानुकाजी कार्की, प्याव्सन काठमाण्डौंका बरिष्ठ उपाध्यक्ष सुर्दशन थापा सहित प्याब्सन जिल्ला कार्यसमिति काठमाण्डौंका पदाधीकारीहरु तथा सदस्यहरु, कार्यक्रमका निर्देशक खिम थापा, प्याव्सन किर्तिपुरका अध्यक्ष रबि भण्डारी, प्याब्सन तारकेश्वरका गोपाल बुढाथोकी लगायत प्याव्सन काठमाण्डौं मातहतका बिभिन्न नगर प्याव्सनका अध्यक्ष एवं पदाधीकारी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम प्याव्सन काठमाण्डौंका सचिब कृष्ण भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा कोटदेवि पब्लिक हाईस्कुलका विद्यार्थीहरुको नृत्य प्रस्तुती तथा विद्या विकास स्कुलका विद्यार्थीहरुले मार्चपासको प्रस्तुती राखेका थिए । समापन कार्यक्रममा द भ्वाइस अफ नेपाल २०८२ कि बिजेता निता थापाले बिभिन्न गायन प्रस्तुती समेत राख्नुभएको थियो ।




fgfg


प्रतिक्रिया दिनुहोस्