नेकपा एमालेले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै

Sagarmatha Post
Sagarmatha Post ७ फाल्गुन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीका प्रचारप्रसार संयोजक मीनबहादुर शाहीका अनुसार मध्याह्न १२ बजे नयाँबानेश्वरमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ।

एमालेले घोषणापत्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणलाई मूल नारा बनाउँदै सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई प्रमुख एजेन्डाका रूपमा अघि सार्ने जनाएको छ। आर्थिक स्थायित्व, पूर्वाधार विकास, उद्योग प्रवर्द्धन तथा युवा लक्षित कार्यक्रमलाई समेत प्राथमिकतामा राखिने पार्टी स्रोतले जनाएको छ।आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित एमालेले रणनीतिक कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टी नेतृत्वले घोषणापत्रमार्फत मतदातामाझ विकास, स्थिरता र सुशासनको प्रतिबद्धता दोहोर्‍याउने अपेक्षा गरिएको छ।फागुन २१ गते हुने निर्वाचनका लागि प्रमुख दलहरू यतिबेला घोषणापत्र सार्वजनिक गर्ने क्रमलाई तीव्र बनाइरहेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्