आज विश्व सामाजिक न्याय दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

Sagarmatha Post
Sagarmatha Post ८ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ। आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ ।सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । सामाजिक न्याय, समान अवसर, श्रम अधिकार र गरिमायुक्त कामको प्रवर्द्धनका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्