बीबीसीद्वारा प्रकाशित डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई निर्वाचन आयोगको पत्र

Sagarmatha Post
Sagarmatha Post १५ फाल्गुन २०८२, शुक्रबार
1 Min Read
Aa

निर्वाचन आयोग नेपालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी बीबीसी वर्ल्ड सर्भिस र बीबीसी नेपाली सेवाद्वारा प्रकाशित डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै प्रेस काउन्सिल नेपाललाई पत्र लेखेको छ।आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार काउन्सिललाई औपचारिक पत्र पठाइएको जानकारी दिए। उनका अनुसार निर्वाचन प्रक्रियालाई प्रभाव पार्ने वा संवेदनशील विषयवस्तु निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने भन्दै काउन्सिलमार्फत आवश्यक पहल गर्न आग्रह गरिएको हो।

बीबीसी वर्ल्ड सर्भिस र बीबीसी नेपाली सेवाले अंग्रेजी तथा नेपाली भाषामा सार्वजनिक गरेका दुई भिडियो रिपोर्टमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाक्रम प्रस्तुत गरिएको छ। उक्त रिपोर्टमा आन्दोलनका क्रममा गोली चलाउन तत्कालीन गृह प्रशासनले आदेश दिएको उल्लेख गरिएको छ।निर्वाचन आयोगले भने निर्वाचनको संवेदनशील समयमा यस्ता सामग्रीले मतदातामा प्रभाव पार्न सक्ने आशंका व्यक्त गरेको स्रोतको भनाइ छ।रिपोर्ट सार्वजनिक भएसँगै यसले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा चुलिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्