इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा

Sagarmatha Post
Sagarmatha Post १६ फाल्गुन २०८२, शनिबार
1 Min Read
Aa

काठमाडौँ : इसराइलले इरानमा आक्रमण गरेको घोषणा गरेको छ । शनिबार बिहान इसराइलका रक्षामन्त्री इसराइल कात्जले इरानमा हमला गरिएको जानकारी दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।हमलापछि इसराइलले देशभर आपतकाल घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ। संभावित प्रतिकारलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको जनाइएको छ।

शनिबार बिहान तेहरानको डाउनटाउन क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रारम्भिक विवरणअनुसार मिसाइलहरू दानेशगाह स्ट्रीट र जोम्हुरी क्षेत्रमा खसेपछि ठूलो विस्फोट भएको देखिएको छ ।इसराइली सेनाले देशका विभिन्न स्थानमा हवाई हमलाको संकेत दिने साइरन बजाएको छ। सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न सचेत गराउन साइरन बजाइएको बिबिसीले जनाएको छ। सेनाले यो कदम इरानबाट हुन सक्ने सम्भावित प्रतिकारको सामना गर्न अपनाइएको सतर्कता उपाय भएको जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्