इरानको आक्रमण परी यूएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

Sagarmatha Post
Sagarmatha Post १८ फाल्गुन २०८२, सोमबार
1 Min Read
Aa

इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई) मा मारिएका नेपालीको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली दूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको यूएईको विदेश मन्त्रालयबाट जानकारी प्राप्त भएको खुलाएको छ ।‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोरखा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ दूतावासले भनेको छ ।दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दु:ख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्