रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज

Sagarmatha Post
Sagarmatha Post १९ फाल्गुन २०८२, मंगलवार
1 Min Read
Aa

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।निर्वाचन आयोग का कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो।बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ। धनुषा–१ मा नेकपा एमाले बाट रामचन्द्र मण्डल, नेपाली कांग्रेस बाट राम पलटन साह र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्