जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट लिए सन्यास

Sagarmatha Post
Sagarmatha Post २ चैत्र २०८२, सोमबार
1 Min Read
Aa

जनमत पार्टीका अध्यक्ष सीके राउत ले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन्।सामाजिक सञ्जालमार्फत् आफ्नो निर्णय सार्वजनिक गर्दै उनले संसदीय राजनीतिबाट अलग हुने तर संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सीके राउत सप्तरी–२ बाट उम्मेदवार बनेका थिए। तर, उक्त निर्वाचनमा उनी विजयी हुन सकेनन्।

सप्तरी–२ मा रामजी यादव २८ हजार ४०४ मत ल्याउँदै विजयी भएका थिए। त्यस्तै उमेशकुमार यादव ले १४ हजार २६३ मत प्राप्त गर्दा सीके राउत ले ९ हजार ८८० मत मात्र पाएका थिए।२०७९ सालको निर्वाचनमा जनमत पार्टीले संघीय संसद्मा ६ सिट जितेको थियो। तर यसपटकको निर्वाचनमा पार्टीका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन्।

समानुपातिक प्रणालीतर्फ राष्ट्रिय पार्टी बन्नका लागि आवश्यक ३ प्रतिशत मत पनि जनमत पार्टीले प्राप्त गर्न सकेन।निर्वाचन परिणाम आफूअनुकूल नआएपछि सीके राउत ले संसदीय राजनीतिबाट सन्यास लिने निर्णय गरेका हुन्। उनले संघर्षको राजनीति भने जारी रहने र पार्टीलाई आवश्यक परेसम्म नेतृत्व नछाड्ने बताएका छन्।सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुई पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्