विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ । विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगि तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिसा बसिरहेका २० जना नेपालीहरुको उद्धार गरी स्वदेश फर्काइएकाे हाे ।
बैंककस्थित नेपाली राजदुतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार भई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार कम्बोडियाबाट उडेर आज ५ गते त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी नेपाल फर्काइएको राजदुतावासले जनाएको छ । यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको जनाएको छ । कम्बोडियामा नेपाली नागरिकहरु अनलाईन ठगी लगायत गैर कानुनी काममा लगाइएको र बिना भिषा वा भिषा अवधी भन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको राजदुतावासको भनाइ छ ।
छ । नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्