प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

Sagarmatha Post
Sagarmatha Post ६ चैत्र २०८२, शुक्रबार
1 Min Read
Aa

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मृत्युबारे सामाजिक सञ्जालमा फैलिएको हल्लालाई अस्वीकार गरेका छन्। बिहीबार राति आयोजित पत्रकार सम्मेलनको सुरुवातमै उनले स्पष्ट पारे, “म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईंहरू यसका साक्षी हुनुहुन्छ।” उनले आफूविरुद्ध फैलाइएका ‘फेक न्युज’को कडा शब्दमा खण्डन गरेका छन्।नेतन्याहूले अमेरिका–इजरायल सहकार्यलाई उल्लेख गर्दै डोनाल्ड ट्रम्प को नेतृत्वमा दुवै देशले आफ्नो अभियान मजबुत रूपमा अघि बढाइरहेको बताए।

यसअघि मार्च १३ मा नेतन्याहूको एक्स (ट्विटर) खाताबाट सार्वजनिक गरिएको भिडियोबारे सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको थियो। उक्त भिडियोमा उनले इरानको सम्भावित आक्रमणबारे जानकारी दिएका थिए।तर केही प्रयोगकर्ताले सो भिडियो एआईबाट बनाइएको दाबी गर्दै नेतन्याहूको मृत्यु भइसकेको भ्रामक सूचना फैलाएका थिए। त्यसपछि इजरायली प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै नेतन्याहूको मृत्यु सम्बन्धी सबै दाबी गलत भएको स्पष्ट पारेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्