नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार (चैत ६) दिउँसो ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु गरेको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, प्रतिनिधिसभा निर्वाचन परिणाम र पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुने जनाइएको छ। सभापति थापा बैठकमा उपस्थित नभए पनि उनको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा प्रस्तुत गरिने र सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने जानकारी दिएका छन्। थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक सुरु,सभापति गगन थापा अनुपस्थित


प्रतिक्रिया दिनुहोस्